मकवानपुर गोल्डकप २०७९ः आर्मीलाई टाइब्रेकरमा पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश

छहारी संवाददाता
फाल्गुन ४, २०७९

सशस्त्र प्रहरीको एपीएफ क्लबले स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबलको अन्तिमम चारमा स्थान बनाएको छ ।

हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा बुधबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै एपीएफ सेमिफाइनमाल स्थान बनाउन सफल भएको हो । एपीएफको तर्फबाट नवीन लामा, सुदिप सिख्राकार, सनी श्रेष्ठ तथा दिपेश धिमालले गोल गरेका थिए ।

आर्मीका लागि टेकबहादुर बुढाथोकी र विकास खवासले मात्र गोल गरे । नवयुग श्रेष्ठ र दीपक गुरुङको प्रहार सशस्त्रका गोलरक्षक राजु नगरकोटीले बचाएका थिए । खेलको म्यान अफ दी म्याच एपीएफका गोल रक्षक राजु घोषित भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरेका छन् ।

शुक्रबार मकवानपुर ११ र मनाङ मर्स्याङ्दी क्लबवीच प्रतिस्पर्धा हुनेछ । फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*