मकवानपुर गोल्डकप २०७९ः वीरगञ्ज युथ अन्तिम आठमा प्रवेश
न्यूरोड टिम एनआरटीलाई पराजित गर्दै वीरगञ्ज युथ एकेडेमी स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ ।
हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा सोमबार भएको तेस्रो दिनको खेलमा एनआरटीलाई ३–२ गोलले पराजित गर्दै एपीएफ वीरगञ्ज अन्तिम आठमा प्रवेश गरेको हो । वीरगञ्जलाई जित दिलाउन कृपा चौधरीले दुई र विवेक चौधरीले १९१ गोल गरे । कृपाले ५० र ७४ औं तथा विवेकले २९ औं मिनेटमा गोल गरेका थिए ।
एनआरटीको लागि दिनेश आलेले २३ औं र ललिनुन जामाले ७८ औं मिनेटमा १९१ गोल गरे । आजको खेलको म्यान अफ दी म्याच वीरगञ्जका कृपा चौधरी घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगितामा १२ टीमको सहभागिता छ । फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।