चितवन क्षेत्र नं. २ को उपनिर्वाचन २०८० वैशाख १० गते

छहारी संवाददाता
माघ २९, २०७९

निर्वाचन आयोगले चितवन क्षेत्र नं. २ को उपनिर्वाचन वि. सं २०८० वैशाख १० गते गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगको आज बसेको बैठकले रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन आगामी वैशाख १० गते गर्ने गरी मिति तोकेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेलाई नागरिकताको विषयमा सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि त्यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

आज स्वीकृत उपनिर्वाचन सम्बन्धी कार्यक्रम अनुसार भोलि फागुन १ गतेदेखि २०७९ चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने आयोगले आइतबार जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

त्यसैगरी उम्मेदवारको मनोनयन दर्ता २०७९ चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने चैत २२ गते, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्य चैत २३ गते हुने विज्ञप्तीमा जनाइएको छ ।

विज्ञप्तीसहित

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*