मकवानपुर गोल्डकप फुटबल २०७९ः उद्घाटन खेलमा मकवानपुर ११ विजयी

छहारी संवाददाता
माघ २८, २०७९

स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबलको उद्घाटन खेल मकवानपुर ११ ले जितेको छ । हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा शनिबार भएको पाँचौं संस्करणको खेलमा नव जनजागृति युवा क्लब सिमरालाई २–० गोलले पराजित गर्दै मकवानपुर ११ अन्तिम आठमा प्रवेश गरेको हो ।

मकवानपुर ११ लाई जित दिलाउन जर्सी नम्बर १७ का खेलाडी प्रितम स्याङ्बो र जर्सी नम्बर ११ का खेलाडी फागुराम चौधरीले १–१ गोल गरे । दुबै गोल खेलको पहिलो हाफमा भएको हो । आजको खेलको म्यान अफ द म्याच मकवानपुर ११ का विदेशी खेलाडी एल्यु घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

खेलमा फाउल खेलेका नव जनजागृती युवा क्लबका जर्सी नम्बर ५ का खेलाडी जनक कोइरालाले रेड कार्ड पाएका छन् ।आइतबार हुने खेलमा सातदोबाटो क्लब ललितपुर र नेपाल ए पी एफ क्लब काठमाडौं भिड्नेछन् ।

प्रतियोगितामा १२ टीमको सहभागिता छ । फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई लगातार तेस्रो पटक यस वर्ष पनि हेटौंडा स्कुल अफ म्यानेजमेन्टले बुलेट बाइकको व्यवस्था गरेको छ । विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ र प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*