राष्ट्रपति कांग्रेसबाटै हुने बानियाँको दाबी
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले राष्ट्रपति कांग्रेसबाटै हुने दाबी गर्नु भएको छ ।
नेपाल शिक्षक संघ मकवानपुरको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्दै सभापति बानियाँले यस्तो दाबी गर्नु भएको हो । उहाँले राष्ट्रपतिको निर्वाचन पश्चात नेतृत्वदायी भूमिका सहित कांग्रेस सरकारमा जाने समेत दाबी गर्नुभयो ।
सभापति बानियाँले अहिलेको अवस्थालाई लिएर निराश नहुन समेत शिक्षक संघका सदस्यहरुलाई अनुरोध गर्नुभयो । शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारीको अध्यक्षतामा शुक्रबारबाट सुरु भएको अधिवेशनमा नेपाली कांग्रेस मकवानपुरका पदाधिकारी, शिक्षक संघका केन्द्रीय पदाधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।