बाल जागृती युवा वर्ष माविमा निःशुल्क स्वास्थ शिविर संचालन हुने

छहारी संवाददाता
माघ २६, २०७९

हेटौंडा उपमहानगरपालिका ६ स्थित बाल जागृती युवा वर्ष माध्यामिक विद्यालयमा निःशुल्क स्वास्थ शिविर सञ्चालन हुने भएको छ ।

माघ २७ गते शुक्रबार विद्यालयमा बृहत निशुल्क दन्त रोग, हाड जोर्नी तथा नशा रोग सम्बन्धि शिविर सञ्चालन गर्न लागिएको हो । शिविरमा स्वास्थ्य परीक्षणका साथै परामर्श र निःशुल्क फिजियोथेरापी सेवा समेत प्रदान गरिने विद्यालयकी प्रधानाध्यापक सम्झना अधिकारीले बताउनुभयो ।

राप्ती डेन्टल क्लिनिक र म्यानुयल थेरापी, पेन रिलिफ एण्ड रिह्याबिलिटेसनको आयोजनामा शिविर सञ्चालन गर्न लागिएको हो । शिविरबाट वडा नम्बर ६, १५ र १७ का स्थानीय लाभान्वित हुने अपेक्षा गरिएको छ । शिविरमा बिरामीका लागि आवश्यक औषधि निःशुल्क वितरण गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*