हेटौंडा महोत्सवमा गायक प्रकाश सपुतको धमाकेदार प्रस्तुती
मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमाजारी महोत्सवमा चर्चित गायक प्रकाश सपुतले धमकेदार आफ्नो सांगीतिक प्रस्तुती दिएका छन् ।
गलबन्दी च्यातियो…, पीर दियो…, कुरा बुझ्नु पर्छ…लगायतका आफ्ना गीत प्रस्तुत गरेका थिए । चौरमा धुलो उडाउदैं गायक सपुत दर्शकहरु नाच्दै आउँदै गरेका थिए । स्वदेशी उत्पादनलाई प्रवद्र्धन र विक्री गर्ने उद्देश्यले जमादार ग्रुप हेटौंडाले सञ्चालनमा ल्याएको स्वदेशी सुपर मार्केटले गायक सपुतलाई महोत्सवमा ल्याएको हो । महोत्सवको थप शोभा बढाउन ग्रुपले हेटौंडामा ल्याएका हुन् ।
महोत्सवको सातौं दिन मंगलबार महोत्सव अवलोकन गर्न आएका दर्शकहरुले गीत संगीतमा मज्जाले झुमेका थिए ।
महोत्सवमा गायिका अस्मिता अधिकारी, पुराना चर्चित लोक गायक घमेश दुलाल, कमेडियन प्रभात लामाले आफ्नो प्रस्तुती दिएका थिए । युवा पुस्ताको मन मुटुमा बसेकी गायिका अधिकारीले आफु नाच्दै गाउँदै सबैलाई नचाएकी थिइन् । आफ्ना चर्चित गीत प्रस्तुत गरेकी अधिकारीले हेटौंडामा पहिलो पटक आफ्नो सांगीतिक प्रस्तुती दिएकी हुन् ।
भोली बुधबार युवा पुस्ताका मन पर्ने गायक युवराज चौलागाई, गायिका शीलु भट्टराई गायक विश्व नेपाली, कमेडियन सुदीप थापा लगायतका कलाकारले आफ्नो प्रस्तुती दिने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताउनुभयो । सोमबार महोत्सवमा बाल गायक अशोक दर्जी र टंक बुढाथोकी, कलाकार सुलेमान शंकर ईकु, गायक प्रदीप त्रिपाटी र गायिका मञ्जु पौडेलले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए ।
महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नव प्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । हेटौंडा आइडलको टप टेन छनौट भई भोटिङ राउण्ड सुरु भएको छ । मंगलबारबाट आफ्ना मन पर्ने प्रतिस्पर्धीलाई एसएमएस र टिकटको अर्थकट्टीबाट भोट हाल्न सकिने व्यवस्था गरिएको आयोजक जनाएको छ ।
१० औं राष्ट्रिय औद्योगिकव्यापार महोत्सवमाहेटौंडा आइडल डान्सिङ स्टार,जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बालीकोदोको पिठो बाटकोदोको विष्कुट,निमकिन,पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड,हिमालीभीरमौरीको मह,भोजपुरे खुकुरी,प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तकप्रदर्शनी,आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम्मोवाइलको फ्रि सर्भिससिङ,मोडुलर किचेन,टाटा, सिजीकाविभिन्नकिसिमका इलेक्ट्रिक गाडीहरु,बालबालिकाको लागिफनपार्क,स्थानीयएवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्यशिविर,क्यारियर काउन्सिलिङ र दैनिकउपभोग्य वस्तुहरुसमेत विक्रीवितरण भइरहेको संघका महासचिवदीपकउप्रेतीले बताउनुभयो ।
११ गते सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालनहुनेछ ।महोत्सवमानिशुल्क स्वास्थ्यशिविर सञ्चालनभइरहेको छ । मंगलबार हेटौंडा सामुदायिकआँखा अस्पतालबाट स्वास्थ्य सेवाप्रदानगरिएको थियो । भोलीबुधबार चुरेहिल हस्पिटलका विशेषज्ञहरुबाट स्वास्थ्य परिक्षण गरिने जनाइएको छ । मंगलबार महोत्सवमा नेपाल सरकारकाऊर्जा, जलस्रोत तथासिंचाई राज्यमन्त्रीदीपकबहादुर सिंहको प्रमुखआतिथ्ता रहेको थियो । उहाँले महोत्सवको सफलताको शुभकामनाव्यक्तगर्दै समग्र उद्योग, व्यवसाय र व्यवसायमा पर्ने विद्युतलोडसेडिङका विषयमाआफ्नो भनाई व्यक्तगर्नुभएको थियो ।