प्रिति आलेले नचाइन हेटौंडेली दर्शकलाई
मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमाजारी महोत्सवमा चर्चित गायिका प्रिति आलेले हेटौंडेलीलाई नचाएकी छिन् ।
उनले आफ्नो सांगीतिक प्रस्तुती दिदैं युवा युवतीलाई छारो उड्ने गरी नचाएकीथिइन् । उनले व्याटल गीत गाउँदै सबै दर्शकलाई नचाएकी थिइन् । उनले तिमी जस्तो तिग्रे कति बिग्रेबिग्रे…, चौतारीका वरपिपल छायाँ…, बाबरी बाबरी…, न सम्पति न मेरो जीउडाल के को मायाजाल… लगायत लोक भाका र झ्याउरे भाकाका गीतहरु प्रस्तुत गरेकीथिइन् ।
त्यस्तै गायक हेमन्तशर्मा र कृष्ण काफ्लेले आफ्नो सांगीतिक प्रस्तुती दिएकाथिए । महोत्सवमामोडल करिश्मा ढकालले नृत्य प्रस्तुत गरेकीथिइन् भने कमेडियन शिवहरि नेपाल र अस्मिताले प्रहशनमार्फत दर्शकहरुलाई हसाएकाथिए । महोत्सवको नवौं दिन विहीबार महोत्सव अवलोकन गर्न आएका दर्शकहरुले गीतसंगीतमा मज्जाले झुम्दै स्टलहरुको अवलोकन गरेकाथिए ।
भोली शुक्रबार चर्चित व्याण्डकर्मा व्याण्डको प्रस्तुी रहनुका साथै गायकमानसराज र ऋतु कंडेलको प्रस्तुतीरहने महोत्सवकाकलाकार मनोञ्जन समितिका संयोजकएवम् संघका उपाध्यक्षउज्वलचौलागाईले बताउनुभयो । महोत्सवमा विहीबार २० लाख बराबरको कारोबार भएको अनुमान आयोजकको रहेको छ । आजै करिब ७हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेकाथिए ।
महोत्सवमाहेटौंडा आइडलगायनप्रतियोगितार हेटौंडा डान्सिङ स्टार प्रतियोगितापनिभइरहेको छ ।हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमामकवानपुरकाविभिन्ननवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । हेटौंडा आइडलको आफ्नामनपर्ने प्रतिस्पर्धीलाई एसएमएस र टिकटको अर्थकट्टीबाट भोट हाल्न सकिने व्यवस्थागरिएको आयोजकजनाएको छ ।विहीबार आइडलका प्रतिस्पर्धी दीपा स्याङ्तानबाहिरेकी छिन् ।
१० औं राष्ट्रिय औद्योगिकव्यापार महोत्सवमाहेटौंडा आइडल डान्सिङ स्टार,जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बालीकोदोको पिठो बाटकोदोको विष्कुट,निमकिन,पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड,हिमालीभीरमौरीको मह,भोजपुरे खुकुरी,प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तकप्रदर्शनी,आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम्मोवाइलको फ्रि सर्भिससिङ,मोडुलर किचेन,टाटा, सिजीकाविभिन्नकिसिमका इलेक्ट्रिक गाडीहरु,बालबालिकाको लागिफनपार्क,स्थानीयएवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्यशिविर,क्यारियर काउन्सिलिङ र दैनिकउपभोग्य वस्तुहरुसमेत विक्रीवितरण भइरहेको संघका महासचिवदीपकउप्रेतीले बताउनुभयो ।
११ गते सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालनहुनेछ ।महोत्सवमानिशुल्क स्वास्थ्यशिविर सञ्चालनभइरहेको छ । विहीबार हेटौंडा मेडिसिन सेन्टरकाविशेषज्ञहरुबाट स्वास्थ्य परिक्षण गरिएको छ । भोलीशुक्रबार हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाबाटआउनुहुने विशेषज्ञ बाट स्वास्थ्य परिक्षण गरिने जनाइएको छ ।
विहीबार महोत्सवमामकवानपुरकाप्रमुखजिल्लाअधिकारी राजेन्द्र देव पाण्डेको प्रमुखआतिथ्यता रहेको थियो । त्यस्तै, सहायकप्रजिअ नेत्र शर्मा, बागमतीप्रदेशको कृषितथा पशुपन्छी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे, मकवानपुर प्रहरी प्रमुखबामदेव गौतम, सशस्त्रकाप्रहरी निरीक्षकअनीलकार्की, अनुसन्धानकाउपनिर्देशकपप्पुशर्मा पौडेल, पशुपन्छी निर्देशनालयकानिर्देशकडा. बज्रकिशोर ठाकुर, प्रदेश दुग्धविकास बोर्डकाकार्यकारी उपाध्यक्ष टीका बल्लभ सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।