रिकभरीड्ड सेन्टरेका युवा लक्षित बिधुत जडान तालिम सुरु
लागुऔषधको कुलतमा परि (रिकभरीड्ड सेन्टर) अर्थात् सुधार केन्द्रमा रहेका युवाहरुलाई लक्षित गर्दै हेटौंडामा बिधुत जडान तालिम सुरु भएको छ ।
सुधार पछि घर फर्कने क्रममा आर्थिक उपार्जनका लागि सहज होस भन्नका लागि तालिम सञ्चालन गरीएको हो । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा व्यवसायीक तथा सिप विकास तालिम केन्द्र र मकवानपुर रिकभरी समुहले सञ्चालन गरेको तालिमको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले उद्घाटन गर्नुभयो ।
रिकभरी समुहका अध्यक्ष सुरज बिक्रम राणाको सभाध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा हेटौंडा १३ का अध्यक्ष पेम्बा लामा, १४ का अध्यक्ष दिपक खड्का, हेटौंडा उपमहानगरपालिकाका समाजिक बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना, लगायतको आतिथ्यता रहेको थियो । तिन महिने तालिममा २० जना सहभागि सहभागि छन् ।