बागमती प्रदेशमा कुष्ठ रोगीको संख्या घट्दो अवस्थामा

छहारी संवाददाता
माघ १५, २०७९

बागमती प्रदेशमा कुष्ठ रोगीको संख्या घट्दो अवस्थामा रहेकोे तथ्याङ्कले देखाएको छ । अघिल्लो आर्थिक वर्षमा २ सय ४९ कुष्ठ रोगी फेला परेकोमा हाल ३ जना मात्र प्रदेशमा कुष्ठ रोगी फेला परेका छन् ।

विश्व कुष्ठरोग दिवसका अवसरमा बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको अन्तरकृया कार्यक्रममा कुष्ठरोगबारे जानकारी गराईएको हो । बागमती प्रदेशमा प्रकोप दर ०.८३ प्रति दश हजार रहेकोे कार्यक्रममा बताइएको छ ।

आर्थिक वर्ष २०७९÷८० मा नेपालमा दुई हजार २८५ नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन् । नयाँ भेटिएका बिरामीमध्ये मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगका विरामी रहेका छन् । बागमती प्रदेशमा भने अन्य प्रदेशको तुलानामा कुष्ठरोगीको सङ्ख्या कम रहेको छ । कुष्ठरोग लागेका बिरामीहरुले नियमित एक वर्ष सम्म औषधि खानपर्ने हुन्छ ।

आइतबार “ कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं ” भन्ने मूल नाराका साथ ७० औं विश्व कुष्ठरोग दिवस मनाइएको छ । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाउने गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*