हेटौंडामा जलन सम्बन्धि उपचार सेवा सुरु हुँदै

छहारी संवाददाता
माघ १४, २०७९

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभ¥याङमा प्राथमिक वर्न (जलन) उपचार सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

रोटरी क्लब अफ मकवानपुर, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११ को संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजीकरण फेक्ट नेपाल कीर्तिपुर अस्पतालले गरेको थियो ।

११ नम्बर वडाकी अध्यक्ष जुना दाहालको अध्यक्षतामा भएको कार्यक्रममा फेक्ट नेपाल कीर्तिपुर अस्पतालका प्राध्यापक डाक्टर शंकरमान राईको विशेष आतिथ्यता रहेको थियो ।

हेटौंडामा छिट्टै नै वर्न अर्थात् जलनको प्राथमिक उपचार सुरु गरिने रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्ण बहादुर कार्कीले बताउनुभयो कीर्तिपुर पछि दोस्रो र मोफसलकै पहिलो उपचार सेवा हेटौंडामा बिस्तार गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

हेटौंडा ११ स्थित सामुदायिक सेवा केन्द्र भवनको माथिल्लो तलामा रोटरी क्लव अफ मकवानपुरको व्यवस्थापनमा जलन सम्बन्धी उपचार हुने बताइएको छ । जनचेचनामूलक कार्यक्रममा फेक्ट नेपाल कीर्तिपुरका डाक्टरको टोलीले जलनको घरेलु उपचार, जलन हुने बितिकै गर्नुपर्ने कार्य, जलन हुन सक्ने क्षेत्रमा अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी दिएको थियो । रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष कृष्ण बहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*