बागमती प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पायो
बागमती प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । बागमतीमा मन्त्रालयको संख्या घटाएर ११ सदस्यीय मन्त्रिपरिषद् बनाइएको छ । नव नियुक्त आठ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
नेकपा एमालेबाट एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, केशव पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्रालय मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री भएका छन् । यस अघि नै स्माले संसदीय दलका नेता जनग्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ ।
माओवादी केन्द्रका युवराज दुलाल भौतिक पूर्वाधार विकासमन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा गंगानारायण श्रेष्ठ र कुमारी मोक्तानले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
राप्रपाका डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री बन्दा राजु विष्टले वन तथा वातावरण मन्त्रालयको जिम्मेदवारी पमउनुभएको छ ।
राप्रपा संसदीय दलका नेता उद्धव थापालाई खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्रालयको जिम्मेवारी दिइएको छ ।