हेटौंडा अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा सुधार
मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौँडा अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा सुधार आएको छ ।
न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा विगतको भन्दा हेटौंडा अस्पतालमा सुधार आएको हो । गत वर्ष ६७ अंक ल्याएको अस्पतालले अहिले ८० अंक पाएको अस्पताल व्यवस्थापन समिति सदस्य उत्सव चौलागाईले बताउनुभयो । अस्पतालले दिने सेवा, सेवाग्राहीको सन्तुष्टि, गुणस्तर, खानेपानी, सरसफाई लगायतका आधारमा अस्पतालको न्यूनतम मापदण्ड मूल्यांकन गर्ने गरिन्छ ।
क्लिनिकल सेवामा अस्पतालले सबैभन्दा धेरै अंक प्राप्त गरेको छ । हाल हेटौंडा अस्पतालमा दैनिक एक हजारको हाराहारीमा ओपीडीमा बिरामी आउने गरेका छन् । नयाँ भवनबाट अस्पताल सञ्चालनमा आएसँगै इर्मेजेन्सी बेड संख्या २४ पु¥याइएको छ । आइसियु, एचडियु, सिटिस्क्यान, डायलासिस लगायतका सेवा हेटौंडा अस्पतालले प्रदान गर्दै आएको छ ।