नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’को टिम हेटौंडामा
नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’को टिम हेटौंडा आएको छ ।
चलचित्रको प्रोमोशनका लागि कलाकार जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतको टोली हेटौंडा आएको हो । चलचित्र पत्रकार संघको आयोजनामा भएको भेटघाट कार्यक्रममा कलाकारहरुले चलचित्र उत्कृष्ट बनेको दाबी गरेका छन् । चलचित्रका निर्देशक डा। कपिल रिजालले ग्ल्यामरस र कमेडीको प्mयूजन रहेको चलचित्रले दर्शकको मत जित्ने विश्वास व्यक्त गर्नुभयो ।
चलचित्र माघ २० गतेबाट देशभर रिलिज हुँदैछ । अन्तरक्रियामा मकवानपुरका विभिन्न सञ्चारकर्मीको उपस्थिती थियो । बिआर प्रोडक्सनको व्यानरमा बनेको चलचित्र डा। भोला रिजालले निर्माण गर्नुभएको हो । चलचित्र चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा कार्यक्रम भएको हो ।