राप्रपाका भुवन पाठक बागमती प्रदेशसभाको सभामुख

छहारी संवाददाता
पुस २९, २०७९

बागमती प्रदेशसभामा सभामुखमा राप्रपाका भुवन पाठक विजयी हुनु भएको छ । उहाँले ६२ मत प्राप्त गर्दै विजयी हुनु भएको हो ।                                                       सभामुखमा तीन जनाको प्रतिस्पर्धा भएकोमा सत्तारुढ दलहरुका तर्फबाट उम्मेदवार बन्नु भएका पाठक विजयी हुनु भएको हो ।

पाठकलाई प्रदेशमा नेकपा एमाले, माओबादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीका सांसदहरुले मतदान गरेका थिए । उहाँको विपक्षमा ३९ सांसदले मतदान गरे भने र तटस्थमा ७ सांसद रहेका छन् । १ जना सांसद भने अनुपस्थित हुनुहुन्थ्यो।                                                  यसअघि, बागमती प्रदेशको सभामुख पदका उम्मेद्वार शिवराज अधिकारीले जम्मा ३६ मत पाउनुभयो । उहाँको विपक्षमा ६५ सांसदले मतदान गरे भने र तटस्थमा ७ सांसद रहेका छन् ।

कुल ११० सदस्यीय प्रदेशसभामा १०९ जनाले मतविभाजन प्रक्रियामा सहभागिता जनाएका थिए । प्रदेशसभाका ज्येष्ठ सदस्य अर्थात सभाध्यक्ष रामप्रसाद ढुङ्गानाले भने मतविभाजन प्रक्रियामा सहभागिता जनाउनु भएन । सभामुखमा चयन हुन ५५ मत चाहिन्थ्यो । साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*