मन्त्रालय भन्दा मन्त्री दाबी गर्नेको संख्या बढी

छहारी संवाददाता
पुस २९, २०७९

वाग्मती प्रदेशमा मन्त्रालय घटाएर ९ वटा बनाउने तयारी हुँदै गर्दा सत्ता गठबन्धनका दलको दाबी भने १४ वटा पुगेको छ ।                                                                  नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १४ बाट घटाएर कम्तीमा ९ र बढीमा ११ वटा मन्त्रालय बनाउने योजना बनाउनुभएको छ । तर, सत्तारूढ दलभित्र मन्त्रीको दाबी गर्नेको संख्या बढेपछि भागबन्डा मिलाउन सकस हुने देखिएको छ ।                                                                                                                              हालको अवस्थामा एमालेले ५, माओवादीले ४, राप्रपा र समाजवादीले २–२ र हाम्रो नेपाली पार्टीले १ गरी १४ मन्त्रालयमा दाबी गरेका छन् । विगतमा दलहरूको भागबन्डा पु¥याउन धेरै मन्त्रालय राखेर बढाएको खर्च कटौती गर्न मुख्यमन्त्रीले आफ्नो पहिलो निर्णय नै मन्त्रालय घटाउने गर्नुभएको छ ।                                                  जसका लागि समिति समेत गठन भएको छ । समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ । मुख्यमन्त्रीले माघ ३ मा विश्वासको मत लिने तयारी गर्नुभएको छ । विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।
स्रोतःकान्तिपुर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*