कफ सिरप ‘डक–१ म्याक्स’ को प्रयोग नगर्न आग्रह

छहारी संवाददाता
पुस २९, २०७९

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारतमा उत्पादित कफ सिरप ‘डक–१ म्याक्स’ को प्रयोग नगर्न आग्रह गरेको छ । उज्वेकिस्तानमा कम्तीमा २० जना बालबालिकाको ज्यान गएपछि मुख्य कारण भारतमा उत्पादन भएको कफ सिरफ प्रयोग मानिएको थियो ।

डब्ल्यूएचओले भारतको मेरियन बायोटेकले उत्पादन गरेको यो औषधि गुणस्तरहीन भएको र कम्पनीले स्वास्थ्य सुरक्षा र गुणस्तर सुनिश्चित गर्न असफल भएको जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

अघिल्लो महिना ‘डक–१ म्याक्स’ नामको खोकी रोक्ने झोल औषधि खाँदा कम्तीमा २० बालबालिकाको ज्यान गएको उज्वेकिस्तानका अधिकारीहरूले बताएपछि अनुसन्धान थालिएको थियो । विशेष गरी बालबालिकामा यसको प्रयोगले गम्भीर क्षति गर्ने डब्ल्यूएचओले विज्ञप्तिमा जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*