बागमतीमा सभामुख निर्वाचन आज हुँदै

छहारी संवाददाता
पुस २९, २०७९

बागमती प्रदेशमा सभामुख निर्वाचन आज हुँदैछ । सभामुख पदमा तीन जनाले उम्मेदवारी दिएका छन् । आज बस्ने संसद बैठकबाट सभामुख निर्वाचित गर्न लागिएको हो । सभामुख पदका लागि सत्ता साझेदार दलहरुको तर्फबाट राप्रपाका महासचिव भुवन पाठक, नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीको तर्फबाट श्रृजना सैँजु उम्मेदवार छन् । सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमति भएको थियो । पाठकलाई गठन्धनको ७० सांसदको समर्थन छ । बागमती प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका उम्मेदवार अधिकारीलाई ३७ सदस्यको साथ छ भने नेमकिपाको प्रदेशमा ३ सदस्य छन् । १ सय १० सदस्यीय प्रदेश सभामा सभामुखमा विजयी हुन कम्तिमा ५१ मत ल्याउनुपर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*