बागमती प्रदेश सभामुखका लागि तीन जनाको उम्मेदवारी दर्ता

छहारी संवाददाता
पुस २८, २०७९

बागमती प्रदेश सभामुखका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महासचिव भुवन पाठक, नेपाली काँग्रेसका शिवराज अधिकारी र नेपाल मनदुर किसान पार्टीकी श्रृजना सैँजुले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा सचिवालय पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

पाठकको प्रस्तावकका रुपमा एमाले संसदीय दलका नेता जगनाथ थपलिया र सर्मथकमा माओवादीका युवराज दुलालले हस्ताक्षर गरेका छन् । पाठकलाई सत्ता गठबन्धनका ७० सांसदको साथ छ ।

यता, काँग्रेसको तपर्लबाट सभामुखमा उम्मेदवारी दिनुभएको अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार बसेका छन् । अधिकारीलाई नेपाली कांग्रेसको ३७ सांसदको साथ रहेको छ ।

नेमकिपाकी समानुपातिक सांसद सैँजुको सायजुको प्रस्तावकमा संसदीय दलका नेता सुरेन्द्रराज गोसाई र समर्थकमा गिता काफ्ले रहनुभएको छ ।

भोलि ११ बजे बस्ने प्रदेश सभा बैठकले सभामुखको निर्वाचन गर्ने कार्यतालिका छ । प्रदेश सभा सचिवालयले आज बिहान १०.३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनय गर्ने समय तोकेको थियो । सत्ता भागबण्डाअनुसार बागमतीमा मुख्यमन्त्री नेकपा माओवादी केन्द्रले, सभामुख राप्रपाले र उपसभामुख एमालेले पाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*