प्रधानमन्त्री प्रचण्ड र बागमतीका मुख्यमन्त्रीबीच भेटवार्ता

छहारी संवाददाता
पुस २८, २०७९

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न मुख्यमन्त्री जम्मकट्टेल बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुग्नु भएको थियो । भेटको क्रममा प्रधानमन्त्री दाहालले जनतामा नयाँ आशा जागेको भन्दै त्यसलाई पूरा गर्नेगरी काम गर्न मुख्यमन्त्री जम्कट्टेललाई निर्देशन दिनुभएको छ ।

संघीय सरकारमा जस्तै बागमती प्रदेश सरकारमा पनि नेपाली कांङ्रेस सहितका सबै दलले विश्वासको मत दिनसक्ने वातावरण निर्माणमा पहल गर्न सुझाव दिनुभएको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो।

सत्ता समिकरण दलहरूसंग छलफल गरेर प्रदेशमा नमुना काम गर्न दाहालले निर्देशन दिनुभएको छ । भेटको क्रममा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रहरी छिटो समायोजन गरिदिन आग्रह गर्नुभयो । साथै संघीय निजामति ऐन तत्काल निर्माण गरेर प्रदेशमा काम गर्न सहज वातावरण निर्माणको लागि समेत मुख्यमन्त्रीको आग्रह थियो । जम्कट्टेलले माघ ३ गते विश्वासको मत लिने कार्यक्रम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*