बागमती प्रदेशमा आज सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता हुँदै

छहारी संवाददाता
पुस २८, २०७९

बागमती प्रदेशमा आज सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता हुँदै छ । प्रदेश सभा सचिवालयले निर्वाचनका लागि बिहान १०ः३० बजेदेखि २ बजेसम्म मनोनयन दर्ता समय तय गरेको छ । सत्ता गठवन्धनका तर्फबाट सभामुखमा राप्रपाले उम्मेदवारी दिने तयारी गरेको छ । सहमती अनुसार सभामुख राप्रपाको भागमा परेको हो । राप्रपाले महामन्त्री भुवन पाठकलाई सभामुखको उम्मेदवार बनाउने तयारी गरेको छ ।

बागमती प्रदेशको माओवादी केन्द्र र नेकपा एमालले आधा आधा कार्यकाल मुख्यमन्त्री र उपसभामुख लिने सहमती गरे अनुरुप पहिलो कार्यकालमा एमालेले उपसभामुख लिनेछ । दलको बैठकबाट उपसभामुखको उम्मेदवार चयन गर्ने एमालेले जनाएको छ।

राप्रपाबाट सभामुखमा पुरुषलाई उम्मेदवार बनाउने भएपछि एमालेले महिला प्रदेश सभा सदस्यलाई उपसभामुख उम्मेदवार बनाउनुपर्ने संवैधानिक प्रावधान छ । बागमती प्रदेशमा एमालेको तर्फबाट ९ जना महिला प्रदेश सभा सदस्य रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*