माघ ३ गते बागमतीका मुख्यमन्त्रीले विश्वासको मत लिदै

छहारी संवाददाता
पुस २७, २०७९

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले माघ ३ गते विश्वासको मत लिनुहुने भएको छ। प्रदेशमा सहभागी ७ दलमध्ये ५ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका जमकट्टेलले माघ ३ गते विश्वाासको मत लिने जानकारी प्रदेश सभा सचिवालयलाई गराउनुभएको छ ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार जमकट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*