मन्त्रालयको संख्या कटौती गर्ने मुख्यमन्त्रीको पहिलो निर्णय

छहारी संवाददाता
पुस २६, २०७९

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदभार ग्रहण गर्नु भएको छ । मुख्यमन्त्री जमकट्टेल र नवनियुक्त दुई मन्त्रीले पदभार ग्रहण गरेका हुन् । मुख्यमन्त्री जमकट्टेलले हेटौंडा–२ मा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्नुभयो ।

एमालेबाट मन्त्री बन्नु भएका जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रालयमा पदभार ग्रहण गर्नुभयो । राप्रपाका बिना बिभागिय मन्त्री उद्धब थापाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्नुभयो ।

पदभार सम्हालेसँगै मन्त्रालयको सख्या घटाउन प्रमुख सचिवको नेतृत्वमा कार्यदल गठन गरिएको छ । प्रदेशमा मन्त्रालयको संख्या घटाउने मुख्यमन्त्रीले पहिलो निर्णय गर्नुभयो । प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको नेतृत्वमा पाँच सदस्य कार्यदल गठन गरिएको हो । कार्यदलले १५ दिनभित्र प्रतिवेदन तयार पारी पेश गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*