मुख्यमन्त्रीले सपथ लिए, मन्त्रिपरिषद बिस्तार

छहारी संवाददाता
पुस २६, २०७९

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनियताको सपथ लिनुभएको छ । मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मुख्यमन्त्री जम्कट्टेललाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।

मुख्यमन्त्रीको शपथ ग्रहण लगतै जमकट्टेलले तीन सदस्यीय मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । मुख्यमन्त्रीले सत्ता साझेदार दलबाट दुई मन्त्री नियुक्त गर्नुभएको हो । एमाले संसदीय दलका नेता जनन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । राप्रपा संसदीय दलका नेता उद्धव थापाले सपथ लिए पनि कुन मन्त्रालय पाउने भन्ने टुङ्गो भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*