बागमती गोल्डकप फुटबल पौष २४ गतेदेखि सुरु हुने
पाँचौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता पौष २४ गतेदेखि सुरु हुने भएको छ । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पौष २४ गतेदेखि माघ ३ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा एक विदेशी क्लव सहित १० टिमले सहभागिता जनाउने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । प्रतियोगितामा अमेरिकन क्लव भुटनिज सहित ए डिभिजनका ७ वटा र मोफसलको २ वटा टिमको सहभागिता रहने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिताको उपाधि विजेता टोलीले नगद ८ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही दश दश हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । हरेक खेलको म्यान अफ दि म्याचलाई नगद ५ हजार दिइने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि करीब ७१ लाग खर्च हुने आयोाजकको अनुमान छ । खेल बागमती–८, फापरबारी स्थित जनता माविको मैदानमा हुने छ । चौँथो संस्करणको उपाधि अफ्रिकन रुट्स एशोसिएसन क्यामरुनलाई हराउँदै ‘ए’ डिभिजन क्लब थ्री स्टारले जितेको थियो ।