सभापति राजकुमार न्यौपानेविरुद्ध संकलन गरिएका हस्ताक्षर ‘किर्ते’ भएको दाबी

छहारी संवाददाता
पुस १०, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेविरुद्ध संकलन गरिएको हस्ताक्षर किर्ते भएको पार्टीले दाबी गरेको छ । न्यौपानेलाई कारवाहीको माग गर्दै केन्द्रीय समितिमा पठाइएका अधिकांश हस्ताक्षरहरु ‘किर्ते’ भएको पार्टी जिल्ला कमिटी बैठकको निश्कर्ष छ ।

आइतबार प्रेस विज्ञप्ती जारी गर्दै किर्ते हस्ताक्षर गरी अफवाह फैलाउने कार्य निन्दनिय रहेको भन्दै भत्र्सना गरेको छ । पार्टीका मकवानपुर सभापतिमा राजकुमार न्यौपाने र सचिव राम प्रसाद आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तीमा न्यौपाने नै मकवानपुर जिल्लाको सभापति यथावत् रहेको जनाइएको छ ।

न्यौपाने विरुद्ध मकवानपुर प्रतिनिधिसभा क्षेत्र नंबर १ र २ का उम्मेदवारहरु टाकाराज थापा र भरत पराजुलीले हस्ताक्षर संकलन गरी केन्द्रिय समितिमा पठाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*