नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

छहारी संवाददाता
पुस १०, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रचण्डलाई एक सय ६९ जना सांसदको समर्थन रहेको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा स्वतन्त्र सांसदहरू प्रभु साह, किरण साह र अमरेशकुमार सिंहको समर्थन छ ।

तेस्रो पटक प्रधानमन्त्री बन्नुभएका प्रचण्डको शपथ ग्रहण भने भोलिमात्रै गर्ने राष्ट्रपति कार्यालयले तयारी गरेको छ । प्रचण्ड यसअघि २०६५ र २०७३ मा प्रधानमन्त्री बन्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*