रामलाल जोशीको कृति ‘बाआमा’ माथि हेटौंडामा अन्तरक्रिया
मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीको कृति ‘बाआमा’ माथि हेटौंडामा अन्तरक्रिया गरिएको छ । साहित्य संगम तथा सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा भएको कार्यक्रममा पुस्तकमाथि समिक्षक घनश्याम घिमिरे, पुस्तक प्रकाशक भुपेन्द्र खड्काले पुस्तक बारे चर्चा गरेका थिए । पुस्तकका प्रत्येक शब्दले मन छुने वक्ताहरुले बताएका छन् ।
कार्यक्रममा लेखक जोशीले आफू सामान्य भएर रहन मन पराउने र भूइँ मान्छेका कथालाई आफ्नो कृतीमा उतार्ने बताउनुभयो । बा—आमा भनेको सत्य हुन्,सत्यभन्दा ठूलो अरू केही नहुने लेखकको टिप्पणी थियो । नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवी अनित्यको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता नेपाली लेखक संघका केन्द्रिय सदस्य ह्यग्रिव आचार्यको रहेको थियो । कार्यक्रमको सहजीकरण केशव समर्पणले गर्नुभएको थियो ।