भीम विराग प्रतिष्ठानद्वारा विभिन्न क्षेत्रका ६ जना व्यक्तित्व सम्मानित
भीम विराग संङ्गीत, साहित्य, कला प्रतिष्ठान हेटौंडाले ६ जना व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरेको छ । प्रतिष्ठानले प्रादेशिक पुरस्कार समर्पण कार्यक्रमको आयोजना गर्दै शनिबार विभिन्न क्षेत्रबाट योगदान प्ुराउने ६ जना व्यक्तिलाई पुरस्कृत गरेको हो ।
प्रतिष्ठानले २० हजार रुपैयाँ राशीको विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार मकवानपुरका लोक गायक रविन्द्रकुमार चेपाङलाई प्रदान गरिएको छ । १० हजार रुपैयाँ राशी तुलसीमाया—शिवकुमारी स्मृती सिर्जनशील नारी पुरस्कारबाट आँचल साहित्य कला पुञ्जकी अध्यक्ष साहित्यकार भावना सापकोटालाई पुरस्कृत गरिएको छ ।
७ हजार ५ सय रुपैयाँ राशीको भीम–मथुरा बाल प्रतिभा पुरस्कार बालजागृति इंग्लिस सेकेण्डरी स्कूलकी छात्रा सुविज्ञा सुवेदीलाई प्रदान गरिएको छ । चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार बासुदेव गुरागाईँलाई प्रदान प्रदान गरिएको छ । यो पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ
स्वास्थ्यकर्मी बेला वैद्यलाई १० हजार रुपैयाँ राशीको मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । त्यस्तै, १० हजार राशीको अजित सेनगुप्ता स्मृति भिन्न क्षमता पुरस्कार बालज्योति माविका दृष्टि विहीन शिक्षक विदुर अधिकारीलाई दिइएको छ ।
यसैबीच, प्रतिष्ठानले यस वर्षको विजुली माया वन संगीत राष्ट्रिय पुरस्कार गायक, सङ्गीतकार, लेखक डा. किरण प्रधानलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कारको राशी १ लाख रुपैया रहेको छ । माघ १५ गते हेटौंडामा सांगितिक कार्यक्रमको आयोजना गरी प्रधानलाई पुरस्कार प्रदान गर्ने प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यले बताउनुभयो । बरिष्ठ साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रम प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्य सभाध्यक्षतामा भएको हो ।