मातृभाषामा शपथ लिने प्रदेश सभा सदस्यले तीन दिन अघी नै जानकारी दिनुपर्ने

छहारी संवाददाता
पुस ९, २०७९

मातृभाषामा शपथ लिने प्रदेश सभा सदस्यले तीन दिन अगाडि नै जानकारी दिन सचिवालयले अनुरोध गरेको छ । मातृभाषामा शपथ लिने सांसदले आफ्नो मातृभाषामा अनुवाद गरि अनुवादको पत्र सचिवालयमा तीन दिनअघि नै उपलब्ध गराउन प्रदेश सभा सचिवालयले आग्रह गरेको हो । यस्तै, सचिवालयले शपथ लिन आउँदा राष्ट्रिय पोसाक वा आ–आफ्नो जातीय पोसाकमा उपस्थित हुन पनि आग्रह गरेकोे छ । बागमती प्रदेश सदस्यकोे शपथ आउँदो पुस १४ गते हुने भएको छ । बागमती प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै शपथका लागि मध्यान्ह १२ बजे नै प्रदेश सभा सचिवालयमा उपस्थित हुन भनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*