हर्नामाडी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन

छहारी संवाददाता
पुस ९, २०७९

हेटौंडा उपमहानगरपालिका वडा नं.१८ को रामधुनी स्थित हर्नामाडी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले बर्थिङ सेन्टर उद्धाटन गर्नुभयो ।

गोर्खा लाहरी प्रालिको ३० लाख आर्थिक सहयोगमा ४ कोठे बर्थिङ सेन्टर निर्माण सम्पन्न भएको हो । भवन निर्माण तथा वर्थिङ सेन्टरलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिएको लाहरीका प्रशासन प्रमुख प्रभाकर भण्डारीले बताउनुभयो ।

भवनको शिलान्यास गर्दै मेयर लामाले बर्थिङ सेन्टर निर्माण पछि हेटौंडा १७ र १८,बकैया ६ र मकवानपुगढी १ का स्थानीयलाई थप सहज हुने बताउनुभयो । हेटौंडा–१८ का वडाअध्यक्ष अनिल बानियाँले स्वास्थ्य चौकिलाई मिनि अस्पतालको रुपमा विकास गर्दै एम.बिबि.एस डाक्टरसहितको सेवा दिईने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*