बागमतीे प्रदेशको मुख्यमन्त्री बन्न बानियाँको लविङ सुरु

छहारी संवाददाता
मंसिर १८, २०७९

नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले बागमती प्रदेशको मूख्यमन्त्रीको दावी गर्नु भएको छ ।

मकवानपुर क्षेत्र नम्बर २ (२) बाट विजयी बानियाँले काठमाडौंमा पार्टीका शिर्ष नेताहरुसंग भेटेर मूख्यमन्त्रीको दावीसहित लविङ थाल्नु भएको हो । यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट विजयी हासिल गरेर बागमती प्रदेश संसदीय दलका नेता समेत भईसक्नु भएका बानियाँ यसअघि नै मूख्यमन्त्री हुने सहमति भएको थियो ।

बागमती प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको गठबन्धन सरकार बनेपछि पहिलो चरणमा समाजवादीका राजेन्द्र पाण्डे मूख्यमन्त्री बन्ने र दोस्रो चरणमा बानियाँले चुनावी सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर पाण्डे सहमतिबाट पछि हटेपछि केन्द्रीय गठबन्धन जोगाउन बानियाँलाई पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नै ‘व्याक’ गराएर चुनाव पछि बन्ने गठबन्धन नेतृत्वको प्रदेश सरकारको मूख्यमन्त्री बन्ने तयारी थाल्न भन्नु भएको थियो ।

पछिल्लो चरणमा बानियाँले प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश सभापति एवं निवर्तमान संसदीय दलका नेताको रुपमा थाल्नुपर्ने पहल कदमीका क्रममा आफ्नो भेटघाटलाई तिब्र बनाउनु भएको छ । भेटघाटमा उहाँको मूख्यमन्त्रीको दावी र कांग्रेस नेतृत्वमा बागमती प्रदेशमा सरकार गठनलाई पार्टी शिर्ष नेतृत्वहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*