बागमती प्रदेशका ७ मन्त्री प्रदेशसभा सदस्य निर्वाचित

छहारी संवाददाता
मंसिर १३, २०७९

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बागमती प्रदेशका ७ जना मन्त्री विजयी भएका छन् ।

१८ जना मन्त्रीमण्डल रहेको बागमती प्रदेश सरकारका ८ मन्त्री प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका थिए । प्रदेशसभा छाडेर प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्ड धादिङ क्षेत्र नम्बर–१ बाट विजयी हुनुभएको छ ।

संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ प्रदेशसभा सदस्यका लागि काठमाडौं–१ (क)बाट दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभएको छ । एकीकृत समाजवादीका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनाल चितवन क्षेत्र नम्बर १ ख बाट विजयी हुनुभएको छ ।

त्यस्तै, काठमाडौं क्षेत्र नम्बर ७ ख बाट खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री बसन्त प्रसाद मानन्धरले जित हासिल गर्नुभएको छ । त्यस्तै माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिनुभएका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल धादिङ क्षेत्र नम्बर १ प्रदेश सभा ख बाट विजयी हुनुभएको छ ।

सामाजिक विकास मन्त्री कुमारी मोक्तान प्रतिनिधिसभा क्षेत्र नम्बर २ क मकवानपुरबाट विजयी हुनुभएको छ । काभ्रे क्षेत्र नम्बर १ ख बाट युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल प्रदेश सभा सदस्य पदका लागि निर्वाचित हुनुभएको छ । श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल भने चितवान क्षेत्र नम्बर २ खबाट पराजित हुनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*