निर्वाचन अपडेट: दिपक बहादुर सिंह २३९३ मतान्तरले विजयी

छहारी संवाददाता
मंसिर ८, २०७९

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपकबहादुर सिंह विजयी हुनु भएको छ ।

सिंहले लोकतान्त्रिक बाम गठबन्धनकि उम्मेदवार नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई २ हजार ३९३ मतान्तरले पराजित गर्नु भएको हो ।

सिंहले २७ हजार ८१४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी डिनाले २५ हजार ४३४ मत प्राप्त गर्नुभयो । यस्तै, सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत प्राप्त गर्नुभयो । उक्त क्षेत्रमा ९१ हजार ४८६ मत खसेको थियो ।

सिंहले पहिलो पटक संसदीय चुनाव जित्नु भएको हो । सिंह यसअघि २०५४ सालमा तत्कालिन हेटौंडा नगरपालिकाको मेयर पदमा नेकपा एमालेका डोरमणि पौडेलसँग, २०५६ मा मकवानपुर क्षेत्र नम्वर–२ मा प्रतिनिधि सभा सदस्य पदमा एमालेकै विरोध खतिवडासँग, २०६४ को संविधानसभा सदस्य निर्वाचनमा नेकपा एमालेका अनन्त पौडेलसँग पराजित हुनु भएको थियो ।

यस्तै, सिंह २०७९ को स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा सत्तागठबन्धको तर्फबाट निर्वाचित मिनाकुमारी लामासंग पराजित हुनु भएको थियो । लगातार चुनावी प्रतिस्पर्धामा पराजय व्यहोर्दै आएका सिंह यस पटक भने प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभयो  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*