निर्वाचन अपडेट: प्रेमबहादुर पुलामी छिन्तु भारी मतका साथ विजयी

छहारी संवाददाता
मंसिर ८, २०७९

मकवानपुर प्रदेश सभा क्षेत्र नम्बर १ (क)मा  सत्तागठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी (छिन्तु) विजयी हुनु भएको छ । १९ हजार ७१९ मतका साथ उहाँ विजयी हुनु भएको हो ।

पुलामीले नेकपा एमालेका कमल विष्टलाई ४ हजार २८७ मत अन्तरले पारजित गर्नुभयो । विष्टले १५ हजार ४३३ मत प्राप्त गर्दा तेस्रो भएका राप्रपाका उम्मेदवार सागर थापाले ७ हजार ७०२ मत प्राप्त गर्नुभयो ।

पुलामी यसअघि २०७४ मा पनि यसै क्षेत्रबाट प्रदेश सभा सदस्य चुनिनु भएको थियो। एमालेसँगको गठबन्धबाट विजयी हुनु भएका पुलामीले नेपाली कांग्रेसका धर्मराज लामिछानेलाई पराजित गर्नु भएको थियो । यस्तै पुलामी २०६४ मा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमासमेत निर्वाचित हुनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*