निर्वाचन अपडेट: बानियाँ १७८२ मतान्तरले विजयी

छहारी संवाददाता
मंसिर ७, २०७९

मकवानपुरको क्षेत्र २ अन्तरगत प्रदेश सभा (२) मा नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ विजयी हुनु भएको छ ।

नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापामगरलाई एक हजार ७८२ मतान्तरले पछि बानियाँ विजयी हुनु भएको हो ।  बानियाँले १८ हजार ७१७ मत प्राप्त गरि विजयी हुँदा थापामगरले १६ हजार ९३५ मत प्राप्त गर्नुभयो ।

बानियाँ २०७४ को निर्वाचनमा यसै क्षेत्रमा प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*