निर्वाचन अपडेट: एमालेका एकालाल श्रेष्ठ विजयी

छहारी संवाददाता
मंसिर ७, २०७९

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ को प्रदेश सभा (ख) मा नेकपा एमालेका एकालाल श्रेष्ठ विजयी हुनु भएको छ ।

उहाँले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार आनन्दराम पराजुलीलाई ८६९ मतले पराजित गर्नुभएको हो ।

सो क्षेत्रमा ४५ हजार २५६ मत खसेको थियो । जसमा श्रेष्ठले १४ हजार २२५ मत पाउँदा पराजुलीले १३ हजार ३५६ मत पाउनुभयो ।

त्यस्तै राप्रपाका गुन्जनबहादुर न्यौपानेले १२ हजार ५७७ मत प्राप्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*