निर्वाचन अपडेट: कुमारी मोक्तान ३२२ मतान्तरले विजयी

छहारी संवाददाता
मंसिर ८, २०७९

मकवानपुर क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा लोकतान्त्रिक बाम गठबन्धनकी उम्मेदवार कुमारी मोक्तान विजयी हुनु भएको छ । मोत्तानले १९ हजार ८७३ मत ल्याउनु भयो । उहाँले नेकपा एमालेका बिष्णु प्रसाद ढकललाई ३२२ मतान्तरले पराजित गर्नु भएको हो। ढकालले १९ हजार ५५१ मत प्राप्त गर्नुभयो ।

यसअघि २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट मोक्तान वजयी हुनु भएको थियो । उहाँ त्यस बेला १३ हजार ८९ मतको फराकिलो अन्तरले प्रदेशसभा सदस्य निर्वाचित हुनु भएको थियोे ।

मोक्तान यस अघि दुई पटक सांसद भइसक्नु भयो । तत्कालिन नेकपा माओवादी शान्ति सम्झौता मार्फत संसदीय राजनीतिमा आएपछि २०६३ सालमा मोक्तान संसद सदस्य मनोनित हुनु भएको थियोे ।

मोक्तान २०६४ सालमा मकवानपुर ४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित हुनु भयो । साथै मोक्तान २०७८ कात्तिक ११ गते बागमती प्रदेशको सामाजिक विकास मन्त्री नियुक्त हुनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*