मकवानपुरमा करिब ५९ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
मकवानपुरमा करिब ५९ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । यद्यपी मतदानको यकिन तथ्यांक भने आउन बाँकी रहको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।
आज सम्पन्न प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनमा मकवानपुरमा ३ लाख ७ सय ३३ जना मतदाता रहेका थिए । जिल्लामा दुईवटा प्रतिनिधिसभा निर्वाचन र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।
यसैबीच आज सम्पन्न मतदानको मतगणना भोली सोमबार सुरु हुने भएको छ । भोली बिहान ८ बजेका लागि सर्वदलिय बैठक बेलाइएको र बैठकको निर्ण अनुसार मतगणना प्रक्रिया अघि बढाइने प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।
मतपेटिका संकलन कार्य भइरहेको र विकट स्थानबाट मतपेटिका ल्याउन समय लाग्ने भएकाले भोली मात्रै मतगणना सुरु गरिने उहाँले बताउनुभयो । राति करिब २ बजेसम्ममा मतपेटिका आइसक्ने अनुमान छ । एकैपटक आठ स्थानमा मतगणना सुरु गर्ने जिल्ला निर्वाचन अधिकृतको कार्यालयको तयारी छ ।