निर्वाचन विरोधी गतिविधी गर्ने ७ जना हेटौंडाबाट पक्राउ
निर्वाचन विथोल्न खोज्ने ७ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश तथा प्रतिनिधी सभा निर्वाचन बिथोल्न विभिनन नारावाजी गरिरहेका नेकपा बहुमत समूह मकवानपुरका इञ्चार्ज रवि खड्कासहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
अन्य पक्राउ पर्नेहरुमा नेकपा बहुमत समूहका जिल्ला संयोजक हेटौंडा–१५ का शक्ति मगर, जिल्ला सचिवालय सदस्य बाग्मती गाउँपालिका–४ का लिला माझी, जिल्ला सदस्यहरु हेटौंडा–१० का अजय गहतराज, हेटौंडा–११ का विकास लामा, बाग्मती गाउँपालिका–८ का अनिल सिङ्तान र समूहका जिल्ला युवा अध्यक्ष हेटौंडा–८ का वसन्त लामा रहेका छन् ।
उनीहरुलाई प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ ।