बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवसँग निर्वाचन आयोगद्वारा स्पष्टीकरण माग

छहारी संवाददाता
कार्तिक २४, २०७९

निर्वाचन आचारसंहिता विपरित अध्यादेश जारी गरेको भन्दै बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र प्रमुख सचिव मुकुन्द प्रसाद निरौलालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

असोज ३० गते बाग्मती प्रदेश सरकारले ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेको विषयमा आयोगले मुख्यमन्त्री र प्रमुख सचिवलाई स्पष्टीकरण सोधेको हो ।

आयोगले पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन समेत दिएको छ । आयोगले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई यी अध्यादेश राजपत्रमा प्रकाशित नगर्न भनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*