बकैयामा गठबन्धनको घरदैलो, विकासमा सदैब जनतासंग रहने छिन्तु र डिनाको प्रतिबद्धता

छहारी संवाददाता
कार्तिक २३, २०७९

नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एवं मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा ९क० का उम्मेदवार प्रेम बहादुर पुलामी ‘छिन्तु’ ले बकैया गाउँपालिका वडा नम्बर ४ का विभिन्न स्थानमा घरदैलो गर्नुभएको छ । उम्मेदवार पुलामीले ४ नम्बर वडाको सोभी, सानोथली र ठुलोथली लगायत स्थानमा घरदैलो गर्नुभएको हो ।

घरदैलोका क्रममा मतदाताहरुले यस क्षेत्रका समस्या, गुनासो र पूर्वाधार विकासका विषयमा प्रश्न गरेका थिए । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ‘छिन्तु’ले यसअघि पनि यस क्षेत्रको विकासमा आफुले सक्दो सहयोग गरेको र अब पुनः बिजयी भए थप कार्यक्रमरु ल्याएर समस्या समाधान गर्ने मतदातासमक्ष प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले बकैयाको हात्तिसुँढे, सोभी कालिदमार हुँदै काठमाण्डौ जोड्ने बाटोलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, ग्राबेलिङ गर्ने, कृषि सडकको निमार्ण, कृषि उपजको बजारीकरणमा सहयोग पु¥याउने, कृषि उत्पादनलाई जोड दिन नीति निमार्ण गर्ने बताउनुभएको छ ।

त्यस्तै जनतालाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने बताउँदै ‘छिन्तु’ ले सबै वडाहरुमा घुम्ती क्लिनिक सञ्चालन गर्न आवश्यक सहयोग गर्ने बताउनुभयो । पूर्ण क्षमतामा शिक्षक नरहेका विद्यालयहरु मर्ज गरी त्यसलाई व्यवस्थित र गुणस्तरमा वृद्धि गरिने पनि उम्मेदवार पुलामीले प्रतिबद्धता जनाउनुभयो । उहाँले आफु बिजयी भए यस क्षेत्रले समृद्धि हासिल गर्ने बताउनुभयो ।

घरदैलोका क्रममा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ पनि सहभागी रहनुभएको थियो । घरदैलोका क्रममा उम्मेदवार डिनाले आफुले यस क्षेत्रको विकासका लागि हर तरहबाट पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले केन्द्रको बजेट ल्याएर यस क्षेत्रको विकासमा लगानी गरिने उहाँको भनाई छ । उम्मेदवार ‘डिना’ ले आफु सके एक महिनामा नत्र २÷३ महिनाको बीचको अन्तरालमा जनतासंग साक्षात्कार गर्न र जनताको गुनासो , समस्या सुन्न आइरहने पनि बताउनुभयो ।

यसैगरी लोकतान्त्रिक बाम गठबन्धनले वडा नम्बर ४ कै सानोथली र ठुलोथलीमा घरदैलो गरेका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ र प्रदेशसभा क उम्मेदवार प्रेम बहादुर पुलामी ‘छिन्तु’ लाई मतदाताहरुले शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी लगायतका आधारभूत विषयमा विकास आवश्यक रहेको गुनासो सुनाएका थिए । गुनासोको सम्बोधन गर्दै दुबै उम्मेदवारले गठबन्धनको जित भएमात्र जनताको आधारभूत समस्या समाधान हुने बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*