मकवानपुर क्षेत्र २ (ख)का तीन उम्मेदवारले बानियाँलाई सघाउने

छहारी संवाददाता
कार्तिक २३, २०७९

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ प्रदेशसभा (ख) का समानुपातिकतर्फका उम्मेदवारहरु कुमार बल, रामकुमारी घलान र जानुकी लामाले उम्मेदवारी निस्कृय पार्दै कांग्रेसका इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन् ।

बुधबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् उनीहरुले उम्मेदवारी फिर्ता लिँदै बानियाँलाई समर्थन गरेको बताएका हुन् । आफ्नो उम्मेदवारीले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी सिद्धान्तलगायत प्राप्त उपलब्धीहरु गुम्न सक्ने र व्यवस्था विरोधीहरुलाई नै बल पुग्ने खतरा देखेपछि प्राविधिक रुपमा नमिले पनि राजनीतिक रुपमा उम्मेदवारी स्थगन गरेको उनीहरुले प्रष्ट पारेका छन् ।

पत्रकार सम्मेलनमा बानियाँले उनीहरुलाई कांग्रेसमा पुनः स्वागत गर्दै समान अवसर दिइने बताए । पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सचिव भीमसेन महत, संघीय सभापति लोक मुक्तानलगायत कांग्रेस नेताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*