विरोध खतिवडामाथी चुनावी घरदैलोमा हातपात भएको भन्ने समाचार भ्रामकः संयुक्त लोकतान्त्रि बाम गठबन्धन मनहरी

छहारी संवाददाता
कार्तिक २२, २०७९

संयुक्त लोकतान्त्रि बाम गठबन्धन मनहरीले प्रतिनिधि सभा सदस्यका लागि मकवानपुर –२ का उम्मेदवार विरोध खतिवडामाथी चुनावी घरदैलोमा हातपात भएको भन्ने समाचारमा कुनै सत्यता नभएको जनाएको छ ।

मंगलबार मनहरी ३ र ४ नं वडाको संयुक्त बामलोतान्त्रिक गठबन्धको सभालाई सम्बोधन गर्न गोलघर पुगेका खतिवडालाई पुरुषोक्त खड्का नाम गरेको व्यक्तिले हातपात गरेको भन्ने भ्रम पुर्ण समाचार बाहिरिएपछि विज्ञप्ती जारी गर्दै समाचारको खण्डन गरेको हो ।

नेपाली कांग्रे मनहरीका सभापति प्रकाश बर्तौला, नेकपा माओवादी केन्द्रका सचिव सञ्जिव पाठक र नेपक एकीकृत समाजवादी मनहरीका अध्यक्ष नारायाण श्रेष्ठद्वारा सयुक्त हस्ताक्षरित विज्ञप्तीमा उम्मेदवार खतिवडा कार्यक्रम स्थलमा पुग्ने समयमै खड्का अत्याधिक मदिरा सेवनका कारण कार्यक्रम स्थलमा लडदा सामान्य घाइते भएको र उनि प्रहरी नियन्त्रण रहेको उल्लेख गरिएको छ ।

साथै सयुक्त लोकतान्त्रि बाम गठबन्धन मनहरीले उक्त व्यक्ति माओवादी केन्द्रमा आबद्धता नरहेको र केहि सञ्चार माध्यमले भ्रम छर्ने मनाशयले समाचार संप्रेषण गरिएको प्रति निन्दा समेत गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*