युवाको अधिकार स्वदेशमै रोजगारः डिना, संविधानको रक्षा गर्दै समृद्धिकालागि गठबन्धनः छिन्तु

छहारी संवाददाता
कार्तिक २२, २०७९

युवालाई स्वदेशमै रोजगार सुनिश्चितताको योजनासहित आफूले सत्तारुढ गठबन्धनकोतर्फबाट उम्मेदवारी दिएको प्रतिनीधिसभा मकवानपुर क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मि उपाध्याय (डिना) ले बताउनु भएको छ ।

मंगलबार हेटौंडा–१८ मा भएको चुनावी सभामा उहाँले यस्तो बताउनु भएको हो । हाल हरेक दिन आफ्नो परिवार छोडेर बेदेशिनेको पीडा आफूले नजिकबाट महशुस गरेको उल्लेख गर्दै उहाँले स्वदेशमा युवाहरुलाई रोजगार शिर्जना गर्ने योजनासहित आफू प्रत्यक्ष निर्वाचनमा होमिएको बताउनुभयो ।

देशमा व्यवस्था परिवर्तनका क्रममा भएका हरेक आन्दोलन दबाउने, परिवर्तनकारी शक्तिलाई गोली हान्ने आदेश दिने व्यक्ति अहिले आफ्नो प्रतिष्पर्धी रहेको उल्लेख गर्दै उनले अफ्ना प्रतिष्पर्धीलाई सहज रुपमा पराजित गर्न आफू सक्षम रहेको उपाध्यायले दावी गर्नुभयो ।

यसअघि आफू जलस्रोत राज्यमन्त्री हुँदा मकवानपुरको औद्योगिक क्षेत्रमा विद्युतको धेरै समस्यालाई निराकरण गरेको बताउँदै उहाँले अब यस क्षेत्रबाट निर्वाचित भएर मकवानपुरको भौतिक विकास, महिला, ज्येष्ठ नागरिक, बालबालिकाकोलागि महत्वपूण कार्यहरु गरिने उल्लेख गर्नुभयो ।

यसैगरि, सभालाई सम्बोधन गर्दै मकवानपुर १ (क) प्रदेश सभाका उम्मेदवार प्रेमबहादुर पुलामी (छिन्तु) ले लामो संघर्षबाट प्राप्त गरेको उपलब्धीसहितको संविधानको रक्षा गर्दै देशलाई समृद्धिको यात्रामा अघि बढाउने जिम्मेवारी लिनकालागि आफूले उम्मेदवारी दिएको बताउनु भएको छ ।

आफू सांसद रहँदा मकवानपुरमा थुप्रै विकास निर्माणका कार्यहरुको थालनी गरिएको बताउँदै सो योजनाहरुलाई सफल रुपमा सम्पन्न गर्न पनि आफ्नो विजय आवश्यक रहेको उहाँले दावी गर्नुभयो ।

दुई तिहाई शक्तिलाई विग्रह गर्ने, संसद भंग गर्ने, संविधान मास्न खोज्ने शक्तिलाई जनताले चिनिसकेकाले सत्तारुढ गठबन्धनको विजय सुनिश्चित रहेको उम्मेदवार छिन्तुले दावी गर्नुभयो । कार्यक्रम नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*