हेटौंडा नगरमा छिन्तुको घरदैलो अभियान

छहारी संवाददाता
कार्तिक २२, २०७९

हेटौंडा । आशन्न निर्वाचनमा बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ का उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तुको आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६, १७ र १८ मा घरदैलो अभियान तथा चुनावी सभा हुने भएको छ । एक चरण मकवानपुरको पुर्वी क्षेत्रहरुको चुनावी अभियान सकाएर पुलामी हेटौंडा नगर प्रवेश गर्नुभएको हो ।

आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ मा घरदैलो र आजै १८ नम्बरमा चुनावी सभा गरिएको छ । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बागमती र बकैया गाउँ पालिकाको अधिकास वडामा पुगेर मतदाता सङ्ग भेटघाट गर्नुभएका उम्मेदवार पुलामीले आज र भोलि हेटौंडा नगरको ३ वटा वडामा घरदैलो अभियान तथा चुनावी सभाहरु गर्ने नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य जीवन गोलेले जानकारी दिनुभयो ।

पुलामीको जित सुनिश्चित रहेको गोलेको भनाई छ । २ पटक सांसद भैसक्नु भएका अनुभवी र विकासप्रेमी नेताको रुपमा परिचीत पुलामी लाई मतदानगरि बिजयी गराउन उहाले आग्रह गर्नुभयो । बागमती गाउँ पालिकामा जन्मनु भएका उम्मेदवार पुलामी मकवानपुरको पुर्वी क्षेत्रमा लोकप्रिय नेताको रुपमा परिचित हुनुहुन्छ ।

बागमती र बकैया क्षेत्रमा नेकपा माओवादी केन्द्रको राम्रो पक्कड रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिजय गौतमको दावी छ । बकैया र बागमती गाउँ पालिकामा माओवादी केन्द्रको बलियो उपस्थिति, गठबन्धनको मत र हेटौंडा नगरको १६, १७ र १८ को मत सङ्ख्या हेर्दा पुलामीको जित सुनिश्चित रहेको गौतमको दावी छ ।

नेकपा माओवादी केन्द्र मकवानपुरको लामो समय नेतृत्व गर्नुभएको कारण हेटौंडा नगरमा पनि पुलामीको राम्रो पहुच र लोकप्रियता रहेको गौतमको भनाई छ । बागमतीमा जन्मनु भएपनी पार्टी नेतृत्वको जिम्मेवारी रहेको कारण पुलामी हेटौंडा नै बस्नुभयो ।

नगरमा पनि उहाको राम्रो पक्कड छ चुनावी अभियानमा रहनुभएका केन्द्रीय सदस्य गौतमले भन्नुभयो ः १ नम्बर क्षेत्र अन्तर्गत परेको हेटौंडा उपमहानगरपालिकाको वडाहरु बाट पनि पुलामीले सर्वाधिक मत ल्याउनुहुनेछ । पुलामी नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको उपाध्यक्ष पनि हुनुहुन्छ ।

निर्वाचन क्षेत्र १ को प्रतिनिधि सभामा नेपाली काग्रेसको तर्फबाट लोकप्रिय उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) को उम्मेदवारी रहेको छ । नेपाली काग्रेसको केन्द्रीय नेतृत्वमा बलियो पक्कड बनाउनु भएकी उपाध्याय शक्तिशाली महिला नेतृत्वको रुपमा परिचित हुनुहुन्छ ।

यसअघि जलस्रोत राज्यमन्त्री भैसक्नुभएका उपाध्याय मकवानपुरमा ईमानदार, शालिन र विकासप्रेमी नेताको रुपमा स्थापित हुनुहुन्छ । केन्द्रीय राजनीतिमा बलियो उपस्थिति जनाउन सक्ने मकवानपुरको ससक्त महिला नेतृत्वलाई जिताउन सबैजनाले मेहनत गर्न केन्द्रीय सदस्य गौतमले आग्रह गर्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*