मकवानपुरमा प्रत्येक्ष र समानुपातिकको मतपत्र आइपुग्यो

छहारी संवाददाता
कार्तिक २०, २०७९

मकवानपुर जिल्लालाई चाहिने प्रत्येक्ष र समानुपातिकको मतपत्र आइपुगेको छ ।

मकवानपुरका दश वटै स्थानीय तहका मतदान केन्द्रलाई चाहिने मतपत्र आइसकेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो । निर्वाचनका लागि आवस्यक पर्ने विभिन्न सामग्री पनि आइसकेको र जिल्ला निर्वाचन कार्यालयमा प्याकिङको काम भइरहेको उहाँले बताउनुभयो ।

मतपत्र र निर्वाचनका लागि आवश्यक सामग्री कर्मचारीलाई तालिमपछी हस्तान्तरण गरिने निरौलाले बताउनुभयो । निर्वाचनमा सकेसम्म विभिन्न कार्यालयमा कार्यरत कर्मचारी खटाउने तयारी भएको पनि उहाँले बताउनुभयो । कर्मचारीको विवरण सबै प्राप्त भएपछी हरेक मतदान केन्द्रमा खटाइने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*