मनमोहन प्राविधिक विश्वविद्यालयको टोलीद्वारा हेटौंडामा अन्तरक्रिया
मनमोहन प्राविधिक विश्वविद्यालयको भर्ना अभियानको टोलीले राजधानी हेटौंडामा अन्तरक्रिया गरेको छ ।विश्वविद्यालयका डीन डा. प्रचण्ड मान प्रधान सहितको टोलीले शनिबार मकवानपुरका सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गरेको हो ।
प्रदेश १ मा स्थापना भएको देशकै पहिलो यस विश्वविद्यालको बारेमा, अध्यापन हुने विषय, भर्ना र सेवा सुविधाको बारेमा अन्तरक्रिया भएको थियो । अन्तरक्रियामा इन्जिनियर नरेन्द्रकुमार डाँगीले विश्वविद्यालयको दोस्रो शैक्षिक सत्रका लागि वी.ई.ईन. सिभिल इन्जिनियरिङ र वी.ई.ईन. इलेक्ट्रिकल एन्ड इलेक्ट्रिोनिक्स इन्जिनियरिङमा भर्ना खुलेको जानकारी दिए ।
स्नातक तहको चारवर्षे इन्जिनियरिङ विषयमा सिभिलतर्फ ४८ जना र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्सतर्फ २४ जना विद्यार्थीले भर्ना हुन पाउने डा. डाँगीले बताए । उक्त कोर्स पढन साधारण नेपाली विद्यार्थीले पाँच लाख ८५ हजार रुपैयाँ, विदेशी विद्यार्थीले आठ लाख ७७ हजार पाँच सय रुपैयाँ र प्रयोजित विद्यार्थीका लागि सात लाख ३१ हजार दुई सय ५० रुपैयाँ शुल्क निर्धारण गरिएको उनले बताए ।
विश्वविद्यालयले दलित, महिला र लक्षित बर्गका विद्यार्थीका लागिसमेत कोटा रहेको उनले बताए । बिई इन सिभिल इन्जिनियरिङ र बिई इन इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ दोस्रो शैक्षिक सत्रमा भर्ना हुन चाहने विद्यार्थीले प्रत्यक्ष वा अनलाइनमार्फत आवेदन गर्नुपर्ने बताए ।
मुलुकको सर्वाङ्गीण विकासको लागि आवश्यक पर्ने उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने, बहुप्राविधिक विश्वविद्यालयको अवधारण अनुरुप प्रतिस्पर्धात्मक, गुढास्तरयुक्त, उपलब्धिमुलक र अन्तराष्ट्रिय विकासक्रमसंग आवद्ध गर्ने उद्देश्यले विश्वविद्याल सञ्चालनमा ल्याएको डीन. डा. प्रधानले बताए ।
विश्वविद्यालमा तीन वटा स्कुल रहेका छन् । जसमा स्कुल आफ इन्जिनियरिङको भावी पाँच बर्षभित्र व्याचलर इएन बायोमेडिकल, वी.ई.ईन. मेकानिकल वा अटोमोवाइल, स्नातकोत्तर तहमा ट्रान्सपोर्टेसन वा टनेल, इलोक्ट्रोनिक्स एण्ड कम्युनिकेशन र विधावारिधीतर्फ सिभिल तथा इलोक्ट्रोनिक इन्जिनियरिङ सञ्चालन गरिने लक्ष्य लिएको डा.प्रधानले बताए ।