हेटौंडामा ‘जलवायु न्यायका लागी साईकल यात्रा’
दिगो विकास इन्स्टिच्युटले हेटौंडामा ‘जलवायु न्यायका लागी साईकल यात्रा’ गरेको छ ।
इजिप्टमा आयोजना हुने २७ औं अन्तराष्ट्रिय जलवायु सम्मेलनको पुर्व सन्ध्यामा हेटौंडासहित ७ शहरमा साइकल यात्रा भएको हो । हेटौंडामा भएको साईकल यात्राको हेटौडा उपमहानगरपालीकाका मेयर मिनाकुमारी लामाले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
जलवायु परिर्वतनका प्रकोपसंग जुध्नु परेका राष्ट्रहरुको ऐक्यबद्धता स्वरुप एसियाका विभिन्न ५० वटा सहरमा एकै पटक साइकल र्याली आयोजना गरिएको हो । हेटौंडाको हुप्रा चौरबाट सुरु भएको साइकल यात्राले बजार परिक्रमा गरेको थियो ।