गठवन्धनमा आवद्ध ३ दलको मकवानपुर–काठमाडौं सम्पर्क समिति स्तरीय निर्वाचन केन्द्रीत भेला

छहारी संवाददाता
कार्तिक २०, २०७९

नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको मकवानपुर–काठमाडौं सम्पर्क समिति स्तरीय निर्वाचन केन्द्रीत भेला सम्पन्न भएको छ । गठवन्धनमा आवद्ध ३ दलको जिल्ला स्तरीय सम्पर्क समितिको संयुक्त आयोजनामा शनिवार सुकेधारामा कार्यक्रम सम्पन्न भएको हो ।

नेकपा एककिृत समाजवादीका स्थायी कमिटी सदस्य, पुर्व मन्त्री एवं मकवानपुर–२ का प्रतिनिधीसभाका उमेद्वार विरोध खतिवडाको प्रमुख आतिथ्यतामा भएको भएको कार्यक्रममा मकवानपुर २ प्रदेश सभा क का उमेद्वार तथा प्रदेशका मन्त्री कुमारी मोक्तान, नेपाली काँग्रेसका निर्वाचन परिचानल समिति मकवानपुर २ का केन्द्रीय प्रतिनिधी जयराम लामिछाने, नेकपा माओवादी केन्द्र केन्द्रीय सम्पर्क समन्वय समितिका सदस्य श्रीकृष्ण अधिकारी, विनोद मर्हजन, उद्धव सापकोटा लगायतले बोल्नुभएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि खतिवडाले राजतन्त्र पुर्नस्थापित गर्ने एजेन्डा बोकेका राजेन्द्र लिङ्देन र कमल थापाहरुसंगको साँठगाठले मुलुक पुनः केप ओली पश्चगामी दिशातर्फ धकेल्न खोजेको आरोप लगाउनुभयो । उहाँले ओलीका उम्मेद्वारले जिते मुलुकमा प्राप्त उपलव्धी लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता खत्तम हुने दाबी गर्नुभयो ।

आफ्नो पहलमा मकवानपुर २ मा गरिएको विकासको फेहरिस्त प्रस्तुत गर्दै नेता खतिवडाले संयुक्त राष्ट्र संघले नै गाँजालाई लागु औषधको सुचिबाट हटाएर औषधीजन्य मान्यता दिइसकेकोमा अब त्यसो वैध खेती र कानुन संशोधनको लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले गाँजा प्रकरणमा जेल परेका करिव १० हजार नेपालीको विनाशर्त रिहाइको लागि अब आफुले पहल गर्ने बचन दिनुभयो ।

कार्यक्रममा प्रदेश सभा क तर्फका उमेद्वार कुमारी मोक्तानले गठवन्धन आवश्यकताको जगमा बनेकाले यसको मर्म अनुरुप सबै उमेद्वारलाई जिताउन आग्रह गर्नुभयो ।

उहाँले मंसिर ४ गतेको निर्वाचन सम्पन्न नहुँदा सम्म उत्पन्न हुने सबै परिस्थितिको सामना गरेर अघि बढ्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । प्रदेशमा गठवन्धको सरकार बनेपछि बजेट जनताको पक्षमा पठाउन पाएको तर त्यसअघि मनोमानी हुने गरेको उहाँको भनाई थियो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सम्पर्क समन्वय समितिका सदस्य श्रीकृष्ण अधिकारी, विनोद मर्हजन, जिल्ला सम्पर्क समितिका अध्यक्ष उद्धव सापकोटा लगायतले गठवन्धको मर्म अनुसार एकजुट भई सबै उमेद्वारलाई जिताउन लागिपर्ने प्रतिवद्धता जनाउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*